top_rightads

Tuesday, October 28, 2014

वेला – बेला रुने गरौं है ! रुनु पनि स्वास्थ्यको लागि लाभदाएक

 



हाँस्नु र रुनु हरेक मानिसको जीवनमा हुने सामान्य घटना हो । तर, स्वास्थ्यमा यी दुवैको ठूलो महत्त्व पनि छ । तर, हाँसोलाई जस्तै रुवाइलाई मानिसले सकारात्मक रूपमा लिँदैनन् । यसले पनि स्वास्थ्यलाई फाइदा गर्छ । त्यसैले वेला–वेला रुनु लाभदायक छ ।विशेष गरी यसले आँखालाई फाइदा पुर्याउनुका साथै चम्किलो बनाउँछ । यसबारे मेडिकल युनिभर्सिटी अफ ओहियोले अध्ययन गरेको थियो । त्यसले रुँदा शरीर हल्का हुने र शारीरिक तथा मानसिक स्वास्थ्यमा फाइदा पुर्‍याउने प्रमाणित गरेको छ ।
आँखाको शक्ति बढ्छःआँसु आउँदा आँखाको नानी चिसो हुन्छ । यसले आँखालाई उचित लचकता प्रदान गरिरहन्छ र आँखालाई शक्ति प्रदान गर्छ । त्यसैले आँखाको चमक पनि बढ्छ ।

किटाणुँ हटाउँछः आँसुमा लिसोजाइमक नामको तरल पदार्थ हुन्छ । यसले आँखामा हुने ब्याक्टेरियालाई ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म हटाउँछ ।

विषाक्त पदार्थ पनि बाहिर निस्किन्छःमानिस दुःखमा परेका बेला शरीरमा विषाक्त पदार्थ बन्छन् । त्यसवेला मानिस रुन्छ । रुँदा विषाक्त पदार्थ आँसुमार्फत बाहिर निस्कन्छ । त्यसैले रोएपछि मानिस हल्का महसुस गर्छ ।

सोच राम्रो हुन्छः शरीरमा म्याग्निज बढी हुँदा थकाइ, रिस, घबराहटजस्ता समस्या आउँछन् । रुँदा शरीरमा म्याग्निजको तह कम हुन्छ । जसले गर्दा राम्रो सोच आउँछ । र, मानिसले स्फूर्तिको महसुस गर्छन् ।
तनाव कम हुन्छः रुनु तनाव कम गर्ने उपाय पनि हो । तनाव हुँदा शरीरमा एन्डोफिर्न, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिनजस्ता तत्त्व बढ्न जान्छ । रुँदा त्यस्ता तत्त्व घट्ने भएकाले तनाव कम गर्न सघाउ पुर्याउँछ ।


www.ratopati.com

No comments:
Write comments