Wednesday, November 19, 2014
१७९ वर्षीया वृद्ध भन्छन्, ‘मलाई मृत्यूले बिर्सियो कि
हामी मध्ये धेरैलाई मृत्यूसँग डर लागिरहन्छ र लामो जीवनको लागि कामना गरिरहेका हुन्छौं । तर यहाँ एउटा यस्तो मानिसको कथा छ, जो १७९ वर्षसम्म बाँचेका छन् । महश्त मुरासी त्यस्ता वृद्ध हुन् जसले आफू १८३५ मा जन्मिएको दावी गर्छन् । उनका सबै सरकारी कागजपत्रले उनको दावीलाई पुष्टि गर्दछन् । उनको दावी साँचो हुने हो भने उनी विश्वकै सबैभन्दा जेठो मानिस मात्र होइन, मानव इतिहासमै अहिलेसम्म सबैभन्दा बढी बाँच्ने मानिसको रेकर्ड समेत बनाएको गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ ।
‘मेरा हजुरबुवा बितेको धेरै भइसक्यो । तर मलाई कसरी कालले बिर्सिएको होला ?’ उनी बताउँछन् । उनको सरकारी कागजात अनुसार उनी ६ जनवरी १८३५ मा भारतको बंग्लोरमा जन्मिएका थिए । उनी वाराणसीमा १९०३ मा आएका थिए, जहाँ उनले १९५७ सम्म काम गरे । उनी १२२ वर्षमा रिटायर्ड भएका थिए । इन्डिया डट कमलाई उनले भने, ‘मेरा नातिनातिनाहरु समेत बितेको धेरै भइसक्यो । अब त मलाई कालले सम्झन्छ भन्ने कुरामा पनि आशा मरिसक्यो
एजेन्सी
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments