top_rightads

Wednesday, November 19, 2014

यौन सुखका लागि पुरुषहरु यी सात डरबाट मुक्त हुनुहोस्

 

                     

पुरुषहरु महिलाभन्दा धेरै सेक्सका बारेमा गफ गरे पनि जब ओछ्यानमा जाने कुरा आउँछ, तब केही खास विषयसँग डराउने गर्दछन् । यो यस्तो डर हो जसले तपाईंको यौन प्रस्तुतिमा असर पार्न सक्छ । भारतीय सेक्स थेरापिस्ट तथा रिलेशनसीप परामर्शदाता डा. रञ्जन भोस्लेले यस्ता डरबाट मुक्त हुन विभिन्न उपाय सुझाएका छन् ।

नामर्दपनको डर

पुरुषहरुलाई सबैभन्दा बढी डर लाग्ने भनेको नामर्दपन नै हो । रमाइलो कुरा यो छ कि नामर्दपनको सबैभन्दा ठूलो कारण पनि यही डर हो । ९० प्रतिशत सवालमा यस्तो देखिएको छ कि नामर्दपनकी कारण मानसिक हुन्छ र केवल १० प्रतिशत मात्र कारण शारीरिक हुन्छ । यससँगै ओछ्यानमा पुरुषको प्रस्तुती परिस्थितिमाथि पनि निर्भर गर्दछ । नामर्दपनको डरको पछाडि अस्वीकार हुन्छ कि भन्ने डर पनि एक हो । आफ्नो साथीको समझदारी र सहयोगबाट यसलाई पूर्णत हटाउन सकिन्छ ।

पटक–पटक सेक्स

सेक्स पार्टनरले पटक–पटक यौन सम्पर्कको लागि आव्हान गरेमा कसरी जवाफ दिने भन्ने डरले पनि पुरुषमा घर गरिरहेको हुन्छ । तर महिलामाथिको यस्तो छवि व्यवहारबाट भन्दा पनि पुस्तक वा फिल्मबाट बढी निर्धारित हुनछ । साँचो कुरा त यो हो कि महिला र पुरुषमा यौनको आवश्यकतामा धेरै फरक हुन्छ । महिलाको अगाडि आएर आफ्नो शरीरमाथि उनको हक भएको कुरा स्पष्ट पार्नुहोस् । महिला भन्छन् कि उनीहरु पुरुषको यौन चाहना पूरा गर्नका लाजि जन्मिएका होइनन् । यी सबै कुरा त आवश्यकता र व्यवहारले निर्धारण गर्ने कुरा हो । जतिबढी तपाईं एक–दोस्रोलाई राम्रोसँग चिन्नुहुन्छ, बुझ्नु हुन्छ र अपनाउनु हुन्छ यस्तो डर आपसेआप खतम हुनेछ ।

आफैंमा नियन्त्रण गुमाउने डर

श्रीमतीलाई साह्रै माया गर्ने पुरुषहरु अरु कोही महिलाप्रति आकर्षित भइयो भने त, भन्ने डरले चिन्तित रहने गर्छन् । प्राय पुरुषहरु जसरी महिलाहरुसँग रोमान्स गर्न चाहन्छन्, उनीहरुसँग आकर्षित हुन्छन्, तर केही भने यस्तो कुरामा गिल्टी फिल गर्ने स्वभावका हुन्छन् । कुनै महिलाले आफूलाई त्यस्तो संकेत गरेमा आफैंलाई नियन्त्रण गर्न सकिन्न कि भन्ने डर उनीहरुमा हुन्छ । तपाईंमा पनि यस्तो डर छ भने सानोतिनो कुरालाई लिएर आफैंलाई किन तनावमा पार्नु हुन्छ । सबैभन्दा महत्वपूर्ण भनेको तपाईंको इमान्दारिता र प्रतिज्ञा हो, अन्य कुराले खासै प्रभाव पार्दैन ।

पत्नी अरु कोहीसँग आकर्षित त छैन ?

पुरुषहरु आफ्नो श्रीमती परपुरुषसँग आकर्षित त छैन भन्ने कुरामा धेरै सतर्क रहने गर्छन् । उनीहरु सोच्छन् कि, आफूभन्दा राम्रो अरु कोही पायो भने त्यतै आकर्षित हुने त होइन ? यसै सोचका कारण अधिकांश समय चिन्ताले सताउने गर्छ । यस्तो डर मनमा पाल्ने पुरुषहरु विनाकारण पनि आवेग र तनावमा देखिन्छन् । जो पत्नीले यो कुरा बुझ्नु हुन्छ, तपाईंलेअ आफ्नो श्रीमानको मनमा रहेको आशंकालाई विस्तारै दूर गर्दै लैजानु उचित हुन्छ ।

व्यवहार असामान्य हुने डर

कतिपय पुरुषहरु आफ्नो सेक्सुअल व्यवहार असामान्य हुन्छ कि भन्ने कुरासँग डराउने गरेको पाइन्छ । मेरो यस्तो तरिकालाई पार्टनरले नराम्रो त मानिरहेको छैन, भन्ने चिन्ता उनीहरुमा हुन्छ । यसरी चिन्ता लिइराख्नु जरुरी छैन । तर तपाईंले यो कुराको ख्याल गर्नुपर्छ, त्यसबाट तपाईंको पार्टनरले कत्तिको इन्जोइ गरिरहेको छ । दुबैले इन्जोइ गर्नसक्नु भयो भने चिन्ता लिनुको कुनै अर्थ छैन ।

शीघ्रपतनको डर

शीघ्रपतन हुनुको मुख्य कारण मानसिक नै हुन्छ । यो समस्या सबै उमेरका मानिसमा पाइन्छ । पुरुषहरु यसबाट पार पाउनका लागि उपचारका कैयन विधि अपनाउँछन्, तर सफल हुन सक्दैनन् । यदी तपाई मानसिक रुपमा तयार रहनुभयो भने यस्तो समस्या केही हदसम्म आफैं हटेर जानेछ । तपाईंको पार्टनर पनि समझदार हुनु आवश्यक छ । त्यसपछि तपाईं आफैंले आफ्नो डरलाई नियन्त्रण गरेर यस्तो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

साईजको डर

प्राय पुरुषहरु आफ्नो लिंगको साइजका विषयमा बढी नै चिन्ता लिने गर्दछन् । यसको साइजका कारण पार्टनरलाई सन्तुष्टि दिलाउन सकिन्न कि भन्ने चिन्ता उनीहरुमा हुने गरेको पाइन्छ । यसको साइज सानो र ठूलो हुनुले यौन सुखमा खासै प्रभाव पार्दैन । यसमा साइज होइन तपाईंको शैलीले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । प्यारको मामलामा डरले काम चल्दैन । यसका लागि समझदारी तथा परिपक्वताले आफ्नो पार्टनरलाई सहयोग गर्न सबैभन्दा जरुरी हुन्छ । यति गर्दा पनि तपाईंको चिन्ता दूर भएन भने यौन विशेषज्ञको सल्लाह लिनु नै उचित हुन्छ ।
एजेन्सी

No comments:
Write comments