Thursday, November 27, 2014
मोदीको भाषणले ओली किन एकाएक तनाबमा आए ... यो हो रहस्य
काठमाडौं – मंगलबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको मन्तव्यपछि एमाले अध्यक्ष केपी ओली सबैभन्दा बढी तनावमा देखिएका छन् । मोदीको भाषणले प्रधानमन्त्री बन्ने आफ्नो योजनामा गम्भीर ठेस लागेको निष्कर्ष निकाल्दै ओलीले चिन्ता जनाएको सूत्रहरूले बताएका छन् । भारतको लगानीमा निर्मित राष्ट्रिय ट्रमा सेन्टरको मंगलबार हस्तान्तरणपछि उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सहमतिमा संविधान निर्माण गर्न नेपालका राजनीतिक दलहरूलाई सुझाव दिएका थिए ।
कांग्रेसस“ग मिलेर साझा प्रस्ताव बनाएका ओलीका लागि मोदीको यो भाषण निकै ठूलो चुनौती बनेर आएको राजनीतिक विश्लेषकहरू बताउ“छन् । आखिर मोदीको भाषण बालकोटका लागि चुनौती बन्यो त ? यसको रहस्य पनि गजब रहेछ । खासमा ओलीले ८ माघपछि आफू प्रधानमन्त्री बन्न चाहेका छन् । यसका लागि उनले प्रगतिशील संविधानको पक्षमा भन्दा पनि कांग्रेसस“ग सहकार्य गरेर जसरी पनि संविधान दिन चाहेका छन् । सूत्रहरूका भनाइमा ओलीले ८ माघमा संविधान जारी गरेर आफूलाई प्रधानमन्त्री बनाउने शर्तमा प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।
त्यसो त ओलीले एमाले महाधिवेशनमा झलनाथ खनाललाई राष्ट्रपति बनाउने आश्वासन दिएर खनाललाई माधव नेपालको कित्तामा जानबाट रोकेका थिए । माघमा कांग्रेस–एमालेले मिलेर संविधान आउँदा मात्र आफ्नो प्रधानमन्त्री बन्ने योजना पूरा हुने ओलीको बुझाइ थियो । यसै अनुसार सातबु“दे प्रस्ताव बनाएर जबर्जस्ती संवाद समितिमा पनि पठाइएको थियो । ओलीले सबैभन्दा चर्को कुरा गरेका थिए–सहमति नभए प्रक्रियाबाट संविधान बनाउने । तर, भारतीय चाहना सहमतिमै संविधान बनोस् भन्ने रहेपछि ओलीलाई भारतले भावी प्रधानमन्त्रीको रुपमा स्वीकार गरिनसकेको पुष्टि भएको स्रोतहरू बताउँछन् ।
बहुमतका आधारमा संविधान निर्माणले भविष्यमा समस्या आउने मोदीको भनाइले ओलीबाट देशको राजनीतिक निकास हुन नसक्ने संकेत आएको समेत बताइन्छ । बहुमतबाट संविधान बनाउन कांग्रेस–एमालेले कसरत गरेका बेला भारतीय संस्थापनपक्षको चासो व्यक्त हु“दा ओलीलाई संकट आएको छ । त्यसो त एमालेको माधव नेपाल समूह ओलीलाई सजिलै प्रधानमन्त्री बन्न नदिने दौडमा लागिसकेको थियो ।
तोकिएकै समयमै संविधान आउने सम्भावना कम रहेपछि अब प्रधानमन्त्री सुशीलका पनि दिनगन्ती शुरु भएको सूत्रहरू बताउ“छन् । तोकिएको समयसीमामा संविधान बन्न नदिएर प्रधानमन्त्री कोइरालालाई असफल पार्ने योजनामा कांग्रेसकै केही नेताहरू यसअघि नै लागेका थिए । स्रोतका अनुसार सार्कपछि देशको सत्तासमीकरणमाथि नया“ चलखेल शुरु हुनेछ । भारत–चीन लगायतका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू पनि प्रधानमन्त्री कोइरालाको नेतृत्वमा संविधान बन्न नसक्ने निष्कर्षमा पुगेका छन् ।
यसको प्रत्यक्ष असर भावी प्रधानमन्त्रीका लागि पार्टीका सबै बटमलाइन छाडेर कांग्रेसस“ग सहकार्य गरेका ओलीलाई पर्ने स्रोतहरू बताउँछन् । ओलीले सातबु“दे सहमति गर्दा समेत पार्टीका जिम्मेवार नेताहरूस“ग छलफल गराएका थिएनन् भने केन्द्रीय समिति बैठक स्थगित गरेर मुद्दालाई छलफल गराउन आवश्यक ठानेका थिएनन् ।आजको जनआह्वान साप्ताहिकमा खबर छ । एजेन्सी
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments