राजघाट, २० मङ्सिर, मोरङको राजघाट—७ भोटेपुलमा हिजो साँझ आगलागी हुँदा दुई विगाहा खेतमा लगाइएको धानको पराल जलेर नष्ट भएको छ । हिजो साँझ ८ बजे स्थानीय मैया श्रेष्ठको धानको परालमा आगलागी भएको हो ।
स्थानीयबासी, प्रहरी र दमकको वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि पराल भने पूर्ण रुपमा नष्ट भएको छ । आगोलागीकोबाट ५० हजार बराबरको क्षति भएको छ भने मानविय क्षति भएको छैन् ।
आगो नियन्त्रण गर्न ४ घण्टा समय लागेको थियो । बालबालिकाले लुकेर चुरोट सेवन गरी फालेको आगोले आगलागी भएको हुन सक्ने स्थानीयबासीको अनुमान रहेको छ । aajakokhabar.com
No comments:
Write comments