top_rightads

Showing posts with label बिश्वो. Show all posts
Showing posts with label बिश्वो. Show all posts

Wednesday, December 10, 2014

यस्ता छन् संसारका उत्कृष्ट ५ विमानस्थल ( तस्विर सहित )

हुन त विलाशी भन्दा हामीलाई होटल मनमा आउँछ । तर संसारमा कतिपय विमानस्थल नै यति उत्कृष्ट छन् कि कुनै पाँच तारे होटल भन्दा यहाँको सुविधा कम छैन । के तपाइँलाई थाहा छ यात्रुको सुविधा र ट्राफिकको हिसावले संसारकै सबै भन्दा उत्कृष्ट विमानस्थल कुन देशमा पर्छन् ? पछिल्लो पटक स्वीटजरल्याण्डको जेनेभामा आयोजित एक समारोहमा संसारका ५ उत्कृष्ट विमानस्थललाई पुरस्कृत गरियो । बेलायतको स्काइट्याक्स नामक संस्थाले वर्षेनी संसारभरिका विमानस्थलबाट उत्कृष्ट १०० विमानस्थलको सूची जारी गर्ने गर्छ । रमाइलो कुरा त यस वर्षा उत्कृष्ट विमानस्थलको सूचीमा शीर्ष ५ मा ३ वटा एसियाकै विमानस्थल छन् भने २ वटा चीनका मात्र छन् । 

यहाँ संसारका सबै भन्दा राम्रा र सुविधा सम्पन्न ५ विमानस्थलको चर्चा गरिएको छ ।
१ सिंगापुरः च्याङ्गी विमानस्थल
च्याङ्गी विमानस्थल सिंगापुरको सबै भन्दा ठूलो विमानस्थल हो । यो विमानस्थल नै कर्मचारीको ब्यवहार देखि सरसफाइ र यात्रुको सुविधाका हिसावले संसारको नम्बर १ विमानस्थल घोषित भएको छ । सन् २०१२ मा दोश्रो उत्कृष्ठ विमानस्थलकोरुपमा रहेको यो विमानस्थल २०१३ मा १ नम्बरमा आएको थियो । यो वर्ष पनि यही विमानस्थल संसारको सबै भन्दा राम्रो विमानस्थल ठहरिएको छ । संसारभरिका यात्रुले गरेको भोटिङका आधारमा यो उपाधि विमानस्थलले प्राप्त गरेको हो ।
top 5 airports in the world

२ दक्षिण कोरियाः इन्चोन विमानस्थल
दक्षिण कोरियाको इन्चोन विमानस्थल दुनियाँको सबै भन्दा उत्कृष्ट विमानस्थलमा नम्बर १ मा थियो । तर सन् २०१३ मा सिंगापुरको विमानस्थलले यसलाई पछाडी पार्‍यो । अहिले पनि यो विमानस्थल उत्कृष्टको सूचीमा दोश्रो नम्बरमा परेको छ ।

top 5 airports in the world 1

३ नेदल्याण्डस्ः शिफोल विमानस्थल
नेदल्याण्डस्को शिफोल विमानस्थल उत्कृष्ट विमानस्थलको सूचीमा तेश्रो स्थानमा छ । यो विमानस्थल युरोपको सबै भन्दा राम्रो विमानस्थल समेत मानिन्छ । दुनियाँका दर्जनौं विमानस्थललाई पछि पारेर यो विमानस्थल उत्कृष्टको तेश्रो स्थानमा कायम रहन सफल भएको हो ।
top 5 airports in the world 2


४ हङकङः हङकङ अन्तर्राष्ट्रिय विमानस्थल
हङ्कङको हङकङ अन्तर्राष्ट्रिय विमानस्थल दुनियाँका राम्रो विमास्थलको चौथो नम्बरमा छ । यो विमानस्थल संसारकै सबै भन्दा ब्यस्त विमानस्थल मध्ये एक हो । यहाँबाट संसारका हरेक कुनामा विमान पुग्छन् । यहाँको सर्भिस विश्वस्तरीय मानिन्छ ।
top 5 airports in the world 3


५ चीनः बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल
चीनको राजधानी बेइजिङमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल पनि संसारको सबै भन्दा राम्रो र सुविधाजनक विमानस्थलको टप फाइभमा छ । यो पनि संसारकै ब्यस्त मध्येको एक विमानस्थल मानिन्छ । यो विमानस्थल चीनको विकाश झल्काउने एक निशानी भएको समेत चर्चा हुने गरेको छ ।
top 5 airports in the world 4

कसरी गरिन्छ सर्वे ?
यस्तो अध्यनका लागि विमानस्थलबाट विमान चढ्ने यात्रुहरुलाई फारम भराउने गरिन्छ । यसमा ३० देखि ५ अंक सम्म दिने सुविधा हुन्छ । यही मतदानको आधारमा नै विमानस्थललाई छान्ने गरिन्छ । यस्तो मत सर्वेक्षणको उद्देश्य विमानस्थलको सेवाबाट यात्रुहरु कति सन्तुष्ट छन् भन्ने कुरा जाँचिन्छ ।


Tuesday, December 9, 2014

बन्धक बनाएर बलात्कार गरी कर, बल, छलले धर्म परिवर्तन गराईयो

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक युवतीलाई जागिर लगाइदिने प्रलोभनमा ५ महिनासम्म बन्धक बनाई बलात्कार गरी धर्म परिवर्तन गराएको घटना सार्वजनिक भएको छ ।
भागेर घर पुगेपछि आरोपीले पटक पटक फोनमा धम्की दिएपछि तीन महिनासम्म मौन बसेकी उनले आजित भएर प्रहरीमा उजुरी गरेकी हुन् । प्रहरीले घटनाको छानविन र कारबाही गर्ने आश्वासन दिएको छ ।



आर्थिक अवस्था कमजोर रहेकी ती युवतीलाई ८ महिना पहिले गाउँकै एक शिक्षकले युवकसँग कुरा गरी कुनै फ्याक्ट्रीमा काम लगाइदिने र राम्रो तलब दिने आश्वासन दिएर आगरा पुर्‍याएका थिए ।
तर ती युवतीलाई आगरामा राखेर जबरजस्ती बलात्कार गरेर धर्म परिवर्तन गराइएको खुलेको हो । दुई दिनपहिले पनि उनलाई धम्की दिएका थिए । एजेन्सी

Monday, December 8, 2014

महिलाहरुले नाङ्गै भएर के गरे यस्तो..(फोटो फिचर)


संसारभरी जनावरको अधिकार सम्बन्धी मुद्धा चर्को बन्दै छ । केही दिन अघि नेपालको गढीमाइमा पनि विभत्स ढंगले हजारौंको जनावरको बली दिएको भन्दै विरोध भयो । यस्तै जनावरको अधिकार खोज्ने एनिमल राइटिष्टहरुले स्पेनको बार्सिलोनामा अनौठो विरोध गरे । जनावरको छालाबाट सामान बनाउने कुराको विरोधमा यी महिला तथा पुरुषहरुले यस्तो विरोध गरे ।   विरोधमा आएका महिलाहरु सर्वाङ्ग नाङ्गै थिए । उनीहरुको अवस्था हेर्दा साँच्चिकै विभत्स देखिन्थ्यो । किन भने उनीहरुले शरीरमा रगत जस्तो देखिने रातो रंग पनि छर्केका थिए । बार्सिलोना शहरको ला प्लाजा ड्ल री स्क्वायरमा जम्मा भएका यिनीहरुले जनावरको छालाबाट सामान बनाउने कुराको विरोध यसरी गरेका हुन् ।

एजेन्सी

Sunday, December 7, 2014

भारतीय प्रधानमन्त्री मोदी पत्नीलाई किन आयो देशभरीबाट चिठ्ठी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता बढ्दै गएका बेला उनकी पत्नी पनि अहिले चर्चामा छिन् ।
उनको बढ्दो लोकप्रियताको अन्दाज हामी देशका कुना कुनाबाट आएका चिठ्ठीले लगाउन सकिन्छ । चिठ्ठीमा मोदी पत्नी जशोदाबेन महिलाका लागि एक आदर्श पेश गरेको भन्दै सम्मान व्यक्त गरिएका छन् ।



साथै कुनै चिठ्ठीहरुमा उनलाई आफ्नो घर फर्किन निमन्त्रण दिइएको छ । एक अंग्रेजी अखबारका अनुसार जालंधरबाट अनिल के.चोपडाले लेखेका छन् कि भारतीय जनता प्रधानमन्त्री मोदीलाई जस्तै उनकी पत्नी जशोदाबेनलाई गर्छन ।
भारतका करोडौं महिलाहरुले यसबाट सिक्न सक्नुपर्छ । जशोदाबेनको उंझास्थित घरमा उनका भाई अशोक मोदीका छोरा राकेशले धेरै चिठ्ठीहरु भावुक र प्रेरक रहेका छन् । विवाहपछि मोदी र पत्नी जशोदाबेन लामो समयदेखि अलग्गै बस्दै आएका छन् ।

ग्राहकहरुले यौनक्रिडा गर्न थाले पछि निर्वस्त्र सुरक्षा गार्ड

मंसिर २१,
फिटनेस सेन्टरको बाफ गृहमा ग्राहकहरुले यौनक्रिडा गर्न थालेपछि निर्वस्त्र सुरक्षा गार्ड खटाइएको जनाइएको छ ।
घटना अस्ट्रियाको लिन्ज सहरको हो । लिन्जमा अवस्थित पार्कब्याड फिटनेस सेन्टरको बाफलिने कोठामा ग्राहकहरुले बाफ लिनुका अलवा एक अर्कासँग यौनक्रिडा समेत गर्न थालेको अत्यधिक गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न निजि सुरक्षा गार्ड खटाउनु परेको जनाइएको छ।

फिटनेस सेन्टरको स्टिम रुममा बाफ लिने क्रममा मानिसहरु पूरै निर्वस्त्र भएर बस्नुपर्ने हुन्छ । बाफको तातोले तातिँदै जाँदा र एकअर्काको पसिनाले भिजेको निर्वस्त्र सरीर देख्दा खप्नै नसक्ने भएपनि बाफ लिइरहेका ग्राहकहरु एक अर्कासँग यौनक्रियामा संलग्न हुन थालेपछि समस्या आएको हो ।

बाफ लिने कोठाभित्र हुनसक्ने यौनजन्य क्रियाकलाप रोक्नका लागि निर्वस्त्र सुरक्षा गार्डहरु ग्राहक झैँ बनेर बाफ लिने कोठामा छिर्छन् । यदि बाफ लिनुको साटो कसैले यौनक्रिडा गर्न थालेको पाइएमा त्यस्ता मानिसलाई निर्वस्त्र ग्राहक बनेर छिरेका ती सुरक्षा गार्डले पक्रिहाल्नेछन् ।

निर्वस्त्र गार्ड खटाएको पहिलो हप्तामै दुइ जोडी ग्राहकहरु बाफ लिने कोठाभित्र यौन क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरुलाई अबदेखि उक्त फिटनेस सेन्टरमा आउन प्रतिबन्ध समेत लगाइएको जनाइएको छ।

Saturday, December 6, 2014

रूप बदल्ने केटी


मंसिर २१ - उनी एन्लोलिना जोलीजस्तै देखिन्छिन् । अथवा ऐश्वर्य राय । माइली साइरसजस्तै वा रिहान्ना पनि । कन्फ्युजन मेट्न यु-ट्युबको 'डीओपीई २१११' पेज लग-अन गर्नुपर्छ । वास्तवमा उनी कोही जस्तो देखिन्नन् । तर, टिपिकल तामाङ वर्णकी उनीसँग आफ्नै अनुहारमा भ्रम पैदा गर्न सक्ने अद्भूत सौन्दर्य शिल्पी छ । त्यसैले उनी कुनै न कुनै सेलिबि्रटीको बान्कीमा पदार्पण हुन्छिन्, बेलाबखत ।

प्रमिस तामाङ । नेपाली समाजमा खासै परिचित नाम होइन यो । यद्यपि विश्व समुदायमाझ उनको ख्याति यसरी चुलिँदो छ, जुन उचाइ कमै नेपाली सेलिबि्रटीले हासिल गरेका छन् । त्यो पनि, विलकुल फरक क्षेत्रबाट । सरसर्ती चिनाउनुपर्दा, यिनी 'यु-ट्युब मेकअप गुरु' हुन् । यही भर्चुअल आलोकमा टेकेर यिनले विश्वकै पारखीहरूलाई 'सौन्दर्य ज्ञान' बाँडिरहेकी छन् ।



अतः यु-ट्युब, फेसबुक, टि्वटर जस्ता माध्यमबाट प्रमिसलाई लाखौं तन्नेरीले पछ्याइरहेका छन् । प्रमिसको खास खुबी त्यसबेला झल्कन्छ, जब सौन्दर्य प्रसाधनका साथ उनी यु-ट्युब भिडियोमा प्रकट हुन्छिन् । आफ्नै अनुहार लिपपोत गर्छिन् । र, अपत्यारिलो ढंगबाट दोस्रो सेलिबि्रटीमा रूपान्तरण हुन्छिन् । लाग्छ, उनको अनुहार आफैंमा खुला क्यानभास हो, जहाँ अनेकौं रूपरंग पोतिन्छन् ।

प्रमिसको यु-ट्युब पेजमा त्यस्ता दर्जनौं भिडियो छन्, जसमा उनले आफूलाई मोनालिसादेखि माइकल ज्याक्सनसम्मको रूपमा दुरुस्तै उतारेकी छन् । उनी कहिले खतरनाक देखिन्छिन् त कहिले मायालु पनि । कहिले आक्रामक देखिन्छिन् त कहिले सौम्य । आफ्नो अनुहारमा विविधता पस्कन सक्ने कौशलकै कारण यिनले उपमा पाएकी छिन्, 'रूप बदल्ने केटी ।'

यिनी रूप त बदल्छिन् नै, साथसाथै मेकअप टिप्स पनि दिइरहेकी हुन्छिन् । प्रमिसको मेकअप सिकाउने यु-ट्युब पेजमा २६ लाख बढी सदस्य छन् । भिडियो हेर्नेको संख्या करोडौं छ । फेसबुकमार्फत ५ लाख २७ हजार बढी प्रशंसकले पछ्याइरहेका छन् । प्रसिद्ध बेलायती पत्रिका द सन, डेली मेल, हफिङटन पोस्टलगायतले उनको सौन्दर्य-जादूको वर्णन गरेको छ ।

याहु वेबसाइटमा समेत यी नेपाली मेकअप गुरुको फिचर प्रकाशित छ । अपत्यारिलो प्रसिद्धिले उनी स्वयंलाई चकित तुल्याएको छ । भन्छिन्, 'मलाई विश्वास गर्न गाह्रो भइरहेको छ ।' मेकअपसम्बन्धी उनले कुनै प्रशिक्षण लिएकी छैनन् । प्रमिसले 'आत्माबाटै' स्वतःस्फूर्त यो ज्ञान हासिल गरेको बताएकी छन् । कस्मेटिक कलामा उनको विशेष दख्खल झल्कन्छ ।

आखिर को हुन् प्रमिस तामाङ ? सर्वत्र चासो छाएको छ । गोरखा, खैरेनीमा जन्मिएकी उनको खास नाम प्रतिज्ञा तामाङ हो । नेपाली कल्चरल नृत्यमा रुचि राख्ने प्रतिज्ञाले आफूले नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् । जेम्स क्यामरुन निर्देशित फिल्म 'अवतार' बाट प्रभावित उनले 'नाभी' को स्वरूपमा आफूलाई उतारिन् र फेसबुकमा अपलोड गरिन् ।

त्यसलाई धेरैले रुचाए र प्रतिक्रियाहरू पठाए । अन्ततः उनले पहिलोपटक त्यो मेकअप भिडियोलाई यु-ट्युब पेजमा राखिन्, २००९ मा । ठीक यहींबाट उनको जीवनले नयाँ मोड लियो । त्यसपछि उनी निरन्तर विभिन्न सेलिबि्रटीको स्वरूपमा देखा पर्न थालिन् । एन्जोलिना जोलीका रूपमा उतारिएको उनको मेकअप सर्वाधिक चर्चित भयो, जुन यु-ट्युबमा अहिलेसम्म २ करोड २३ लाख बढी पटक हेरिएको छ ।

यही भिडियो हेरेर भियतनामी मूलका स्टिभ फानले प्रमिसलाई साथी बनाए र पछि जीवनसाथी । स्टिभ विश्व प्रसिद्ध मेकअप आर्टिस्ट मिसेल फानका भाइ हुन् । यी २२ वर्षीया प्रमिस अमेरिकाको फ्लोरिडामा बसोबास गरिरहेकी छन् । अन्तरदेशीय विवाहका लागि परिवारले कुनै रोकतोक नगरेको बताउने उनी आफ्नो सुखमय दाम्पत्यबाट दंग छिन् । भन्छिन्, 'मलाई परिवारवाट राम्रो सपोर्ट छ ।'

आफू अमेरिका भए पनि बुवाआमा नेपालमै भएको उनले बताएकी छन् । केही वर्षअघि नेपाल घुम्न आएकी प्रमिसलाई पोखरा असाध्यै मन पर्ने स्थानमा पर्छ । उनको जिब्रो नेपाली खान्कीमै बढी लोभिएको छ । भन्छिन्, 'चिल्लो-पिरो चना चटपटे खान मन पर्छ ।' उनी जनावर र पशुपक्षीको पनि सौखिन हुन् । प्रमिस नेपाली कल्चर नृत्य, हिपहप र ब्रेक डान्स गर्न मन पराउँछिन् ।

किशोरवयदेखि नै मेकअपप्रति रुचि रहेको उनले बताएकी छन् । '१४ वर्षको उमेरदेखि नै मेकअप गर्न रुचाउँथें,' प्रमिस भन्छिन्, 'त्यसपछि निरन्तर यसको अभ्यास गरिरहें ।' अन्ततः निरन्तरको यही प्रयासले उनलाई प्रसिद्धिको चुलीमा पुर्‍यायो । अझै पनि उनी भन्ने गर्छिन्, 'म सामान्य केटी हुँ, मेकअपलाई प्रेम गर्ने ।