top_rightads

Saturday, August 30, 2014

आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

 

सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।


भक्तपुर जिल्ला अदालतले बिहिबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।

सौतेनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले गत असार १५ मा ऋचा,उनका प्रेमी आशमान तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो ।

पारिवारिक तथा आर्थिक विवाद भएपछि ऋचाले १५ लाख रुपैयाँको सुपारी दिएर सौतेनी आमाको हत्या गर्न लगाएकी थिइन् । अपहरण गर्न गएका बेला दुई युवकलाई पक्राउ गरी प्रहरीले उनीहरुको योजना असफल बनाएको थियो ।

ऋचा र आशमानसहित सुरेश तामाङ,शेषमान तामाङ,सुशील नापित र राजेश गुरुङ हत्या योजनामा संलग्न थिए । अपहरण गर्न गएका सुरेश र शेषमानलाई प्रहरीले ममताकै कोठाबाट पक्राउ गरेको थियो ।

दोस्रो विवाहपछि बुबाले आफ्नी आमाको हत्या गरेकाले बद्ला लिन सौतेनी आमाको अपहरण गरी हत्याको प्रयास गरेको ऋचाले प्रहरीसँगको बयानमा बताएको महानगरीय प्रहरी वृत ठिमीका प्रमुख डिएसपी भीमकिरण बोगटीले बताए । प्रहरीले सुरेश र शेषमानलाई पक्राउ गरी अनुसन्धान गर्दा ऋचा र उनका प्रेमी आशमानको योजनामा हत्या प्रयास भएको खुलेको थियो ।

आजको नयाँ पत्रिका लेख्छ, ऋचाले आफ्ना प्रेमी आशमानमार्फत हत्याको योना बनाएकी थिइन् । त्यसका लागि आफू १५ लाख रुपैयाँसम्म खर्च गर्न तयार भएको उनको प्रसताव थियो । अस्ट्रेलियामा रहेकी उनकी दिदी लिजाले पनि त्यकसा लागि सहयोग गर्ने वचन दिएकी थिइन् ।
nepaliheadlines

No comments:
Write comments