top_rightads

Saturday, August 30, 2014

विश्वविद्यालयमा पेटिकोटदेखि परिवार नियोजनका अस्थायी साधन खरिद बिल -

 


       मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले मदिरा सेवन गरेको विल विश्वविद्यालयबाट

भुक्तानी गराएका छन् । उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीहरुले व्यक्तिगत काम र स्वार्थमा विश्वविद्यालयको बजेट दुरुपयोग गरेका हुन् ।   उपकुलपति पदमलाल देवकोटाले थकाली खाना, चिकेन लगायतका खाना र रुस्लान भोड्का सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका हुन् । २०७० साल असार २७ गतेको मिती राखिएको ६० हजार ३० रुपैंयाको विलको भुक्तानी भइसकेको छ ।   विश्वविद्यालयको बजेट दुरुपयोग गर्ने देवकोटा एक्ला छैनन् । रजिष्ट्रार ठकेन्द्र प्रकाश गिरीले एउटा यस्तो विलको भुक्तानी गरेका छन्, जसमा तत्कालीन प्रधानमन्त्रीको सल्लाहकार पनि जोडिएका छन् । २०६९ भदौं ६ गते ८ हजार ६ सय रुपैंया भुक्तानी भएको विलमा 'प्रधानमन्त्रीको सल्लाहकारसँग गणेश रावलले होटलमा वियर लगायतका खानेकुरा खाएको' उल्लेख छ । त्यतिबेला प्रधानमन्त्री रहेका बाबुराम भट्टराईका को सल्लाहकारसँग मदिरा सेवन भयो भन्नेवारे रावलले विलमा खुलाएका छैनन् । गत असार ३२ गतेपनि बैंठकका नाममा 'हृवीस्की पिएको र अन्य परिकार' भनी बिल पेश छ ।   २०६९ असार मसान्तका दिन अर्को विल छ, जसमा 'बैंठक' शिर्षकमा विभिन्न रेष्टुरेन्टमा पेय पदार्थ चुरोट लगायतका नाममा २४ हजार रुपैंयाको विल भुक्तानी भएको छ । 'हाफपाईन्ट र पेटिकोटदेखि परिवार नियोजनका अस्थायी साधन खरिदको खर्चको भुक्तानीमा समेत विश्वविद्यालयको बजेट दुरुपयोग भएको छ' कान्तिपुर दैनिक मा खबर छ ।   सबैभन्दा बढी बजेटको दुरुपयोग गर्ने उपकुलपति देवकोटाले मन्दिर प्रवेशको शुल्क, बडी स्प्रे, मोवाईल चार्जर र जुत्ताको पालिसको विल भुक्तानी गराएका छन् । मञ्जन, ब्रश, मोजा, सेभिङ मेसिन लगायतका सामानको विल करिव ३४ हजार रुपैंयाको छ ।   रजिष्ट्रार ठकेन्द्र गिरीले आँखा परिक्षण एवं आफन्तलाई रेष्टुरेन्टमा खाना खुवाएको ४५ हजार रुपैंयाको विल पनि विश्वविद्यालयबाट भुक्तानी गराएका छन् । 'विश्वविद्यालयको लेखाका स्रेस्ता हेर्दा पदाधिकारीले आवास  तथा दैनिक उपभोग्य सामानको विवरण उल्लेख गरेरै सम्भव नहुने खालको छ' स्रोतले भन्यो । - See more at: nepaliheadlines

No comments:
Write comments