बलिउड सुपरस्टार अभिनेता आमिर खानले उनकी साथी एवं अभिनेत्री रानी मुखर्जीको पछिल्लो चलचित्र मर्दानी बच्चालाई नदेखाउने बताएका छन् । मर्दानीको प्रशंसा गरेपनि आमिरले बच्चाहरुलाई भने अहिलेकै अवस्थामा चलचित्र नदेखाउने बताएका हुन् ।
आमिरले चलचित्रको धेरै जसो भागमा बच्चालाई देखाउन असहज हुने सामग्री रहेको टिप्पणी समेत गरेका छन् । चलचित्रका केही डाइलग यस्ता रहेको उनको भनाइ छ ।
आमिरले रानी मुखर्जी आफ्नी असल साथी भएको र उनको सोंच र आफ्नो सोंचमा केही फरक हुन सक्ने बताएका छन् ।
उता रानी मुखर्जी भने आफ्नो चलचित्रलाई १२ वर्षका भन्दा माथिका बच्चाले हेर्न सक्ने गरी सेन्सर बोर्डको सर्टिफिकेट चाहिरहेकी छिन् ।
nepaliheadlines.com
No comments:
Write comments