Tuesday, September 2, 2014
रमेशको अंगालोमा करिश्मा,रीस्ता र सुष्मा पनि के कम-फोटो फिचरसहित)
शनिबार आयोजना हुन लागेको ‘दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को यतिबेला धमाधम तयारी भैरहेको छ । मंगलबार अनलाइनखबरको क्यामेरा गोपिकृष्ण कम्प्लेक्स पुग्दा नेपाली सिनेमाका कलाकारहरु नृत्य गर्दै थिए ।
कार्यक्रमलाई भव्य र सव्य बनाउन आयोजकले हरेक तयारीलाई अगाडि बढाएको छ । नायक रमेश उप्रेती ८ बर्षपछि नेपाली स्टेजमा नृत्य गर्न पाउँदा जती खुशी देखिएका थिए नायिका करिश्मा मानन्धर पनि उनीसँग स्टेज बाड्न पाउँदा दंग देखिन्थिन् ।
२० वटा विधामा वितरण गर्न लागिएको पुरस्कारका लागि कलाकर्मीहरु भिडन्त गर्दैछन् । यसपटक नायक श्रीकृष्ण श्रेष्ठलाई विशेष श्रद्धाञ्जली दिदै उनका गीतमा कलाकारले नृत्य गर्नेछन् । कलाकारहरु रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, केकी अधिकारी, निता पोख्रेल, पवित्रा आचार्यले नायक दिलिप रायमाझीको जोडी भएर नाँच्नेछन्
।
उत्कृष्ट निर्देशकले १ लाख पुरस्कार पाउँने यो अवार्डका अन्य विधाका विजेताले ५१ हजार नगद पुरस्कारसँग ट्रफी उचाल्नेछन्
रेमनदास श्रेष्ठ र नम्रता श्रेष्ठ, संयम पुरी र विल्सन विक्रम राइले कार्यक्रम संचालन गर्नेछन् । यसपटक बलिउडका चर्चित कलाकारहरु आउने चर्चा चलेपनि आयोजकले यसलाई नकारेको छ । यसपटक श्रृलङ्काबाट निर्माता, निर्देशक, कलाकारहरु आउने बताइएको छ ।
गतबर्ष लामो कार्यक्रमका कारण केही बोरिङ महशुश गरेका कलाकार तथा अतिथीहरुले यसपटक ‘एनएफडीसी फिल्म अवार्ड’मा यस्तो नहुने अपेक्षा गरेका छन् ।
काठमाण्डौको आर्मी अफिसर्स क्लबमा यो अवार्ड शनिबार ३ बजेपछि सुरु हुनेछ ।
www.onlinekhabar.com
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments